डेंगुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु

बिएल संवाददाता

डेंगुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु

नेपालगञ्जमा डेंगुबाट दुई जनाको मृत्यु भएको छ।

भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको हो।

भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. बद्री चापागाईंले भदौ १४ गते र १९ गते भर्ना भएका दुई जनाको मृत्यु भएको बताएका छन्।
 

प्रकाशित मिति: : 2022-09-07 21:02:00

प्रतिकृया दिनुहोस्