क्यान्सर अस्पतालले गर्‍याे ब्लड क्यान्सर सर्वाइवर 

शनि शाक्य

काठमाडौं

क्यान्सर अस्पतालले ब्लड क्यान्सर सर्वाइवर कार्यक्रम सम्पन्न गरेको छ। 

अस्पताले बुधबार पत्रकार सम्मेलन गरेर कार्यक्रम सम्पन्न गरेकाे हाे। 

क्यान्सर अस्पताले हरेक महिना  क्यान्सर पीडितिलाई हौसला दिन काउन्सलिङ राख्दै आएको छ।

यस महिना सेप्टेम्बरमा भने अस्पतालले ब्लड क्यान्सर सर्वाइवरबारे काउन्सलिङ भएको थियो।

क्यान्सर लागेर अस्पताल आउनेहरुलाई हौसला दिँदै आइरहेको बताउँदै कार्यक्रमकी सञ्चालिका स्वरूपा श्रेष्ठले भनिन्, 'क्यान्सर पीडितहरूलाई डाक्टरले कक्षा दिनुहुन्छ।'

क्यान्सर पीडित भएकाहरुले नयाँ पीडितहरुलाई हौसला दिनुपर्ने अस्पतालका डा सुदिप श्रेष्ठले बताए। 

कार्यक्रमकी मुख्य अतिथि गायिका संगिता थापा शाक्यले पनि क्यान्सरलाई ठुलो रुपमा नलिन सुझाव दिएकी थिइन्। 

प्रकाशित मिति: : 2022-09-07 17:04:00

प्रतिकृया दिनुहोस्