पाल्पाको तानसेनमा घर बनाउने क्रममा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ।
खोटाङ जिल्लाको जेन्तेढुङ्गा गाउँपालिका ३ स्थायी घर भई हाल तानसेन नगरपालिका वडा १ गैरागाउँमा ज्याला मजदुरीमा काम गर्दै आएका ३४ वर्षिय महेश राईको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेन नगरपालिका ४ सिल्खानटोलमा बस्ने झविन्द्र देवकोटाको घर बनाउने क्रममा अचानक करेन्ट लागेर राई घाइते भएका थिए। उनको उपचारको क्रममा यूनाईटेड मिसन अस्पताल तानसेनमा मृत्यु भएको थियो।
घटना बारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए।