बाल स्याहारमा पुरुषको भूमिका बढाउन बालसपना परियोजना लागू

बालसपना परियोजनाले बालबालिकाप्रति पुरुषलाई पनि महिला जतिकै जिम्मेवार बनाउन थालेको छ। सेडाले जुम्लाका २१ वटा वडामा सञ्चालन गरेका विभिन्न अवलोकन, अनुगमन र सफलताका कथाहरूले पनि पुरुषहरूले घरपरिवारमा जिम्मेवारीहरू बाँडिरहेको देखिएको हो। जसले गर्दा आमाको कामको बोझ कम गराएको पाइएको छ।

प्रारम्भिक बालविकासको महत्त्व तथा उचित स्याहारमा पुरुषको भूमिकावारे अभिमुखीकरण गराइएको छ। अभिभावकहरूले आफ्ना छोराछोरीसँग समय बिताउन थालेका छन्। उनीहरूले खेलका सामग्रीहरू पनि विकास गरेको पाइएको छ।

सेडा नेपाल जुम्लाले बालबालिका नै अभिभावको सपनाको स्कुल भएको जनाएको छ। बालबालिकाका लागि अभिभावकले पर्याप्त समय दिने, जिज्ञासा सुनिदिने र सम्बोधन गरिदिने, शिक्षकले उनीहरूको रुचिअनुसार पठनपाठन गराउने र राज्यले बालमैत्री वातावरण बनाउन लगानी गर्ने हो भने अभिभावको सपनाको स्कुल बन्ने उसकाे भनाइ छ।

जिल्लास्तरीय परियोजनासम्बन्धी समीक्षा बैठकमा प्रारम्भिक बालविकास निर्देशक समितिको गठन गरिएको  सेडा नेपालका संयोजक प्रेमसिहं ठकुरीले बताए। बालबालिकालाई  खेल्नका लागि स्थानीय खेलाउन बनाउने तरिका विभिन्न महिला र पुरुष समूहमार्फत  सिकाइएको छ।

सेडा नेपालकी फिल्ड संयोजक मञ्जु थापाले पालिकास्तरीय समीक्षा तथा कार्ययोजना बैठक गर्दै आएको बताइन्। उनले महिला स्वास्थ्य स्वयंसेविकामार्फत विभिन्न काम भइरहेको बताइन्।

प्रकाशित मिति: : 2022-09-06 14:40:00

प्रतिकृया दिनुहोस्