सैन्य अभ्यासबाट के सन्देश दिन खोज्दैछ अमेरिका?

पन्ध्र दिनदेखि अष्ट्रेलियाको डार्विनमा १६ओटा मुलुकका वायु सेनाले एकसा साइज ‘पिचब्यालक’ नामको अभ्यास गरिरहेका छन्।

अभ्यासमा अष्ट्रेलिया, क्यान्डा, फ्रान्स, जर्मनी, इन्डोनेसिया, जापान, मलेसिया, नेदरल्याण्ड, न्युजिल्याण्ड, फिलिपिन्स, दक्षिण कोरिया, सिंगापुर, थाईल्याण्ड, यु ए ई र अमेरिका सहभागी छन्।

सोप्टेम्बर ८ तारिखसम्म चल्ने उक्त अभ्यासमा १०० भन्दा बढी विमान २५ सयभन्दा बढी सैनिक सहभागी छन्।

प्रत्येक दुई वर्षमा आयोजना गरिने यस अभ्यास पछिल्लो पटक २०१८ मा सञ्चालन गरिएको थियो। कोभिडका कारण आयोजना हुन नसकेको यस अभ्यास सञ्चालन गरी अष्ट्रेलियाले आफ्नो सहयोगी राष्ट्रहरुसँगै अल्पकालिन रणनिति प्रकृया साझा गर्ने र सोह्र देशका वायुसेना बिचको सहकार्यलाई प्रर्वधन गर्ने लक्ष्य लिएको छ।

क्षेत्रीय स्थिरताको लागी  अभ्यास गरिएको भन्दै अष्ट्रेलियाले हिन्द–प्रशान्त क्षेत्रमा चीनको बढ्दौ गएको सैन्य सक्रियतालाई इंकित गरेको छ। चीनले यस क्षेत्रमा आक्रमकता देखाइरहेको आरोप लगाउँदै अष्ट्रेलिया लगायत मुलुकले आवगमन स्वतन्त्रता कायम राख्न मिलेर कारवाही गर्ने संङकल्पको प्रदर्शन यस अभ्यास मार्फत गरेकाे हाे।

अष्ट्रेलियाले आयोजना गरेको यस अभियानमा अमेरिका पनि संम्लग्न छ र भरपुर समर्थन गरिरहेको छ।  चीनको उदयलाई रोक्न अमेरिकी हिन्द–प्रशान्त रणनिति अनुकुल क्षेत्रीय मुलकका सेनाको संयुक्त अभ्यास हुँदा अमेरिका खुसी हुनु स्वाभाविक हो।

चीनलाई रोक्नको लागी आफ्नो प्रयासले मात्र पूरा नभएको अमेरिकालाई थाहा छ। यसै कारण आफनो समकक्षी प्रतिस्पर्धीलाई रोक्नको लागी अमेरिकाले साँझेदार तथा सहयोगी सञ्जाल निर्माण गनुपर्ने भएको देखिन्छ।

डिफेन्स न्युजका अनुसार ‘धेरैथरी मापदण्ड‌  होर्दा हिन्द–प्रशान्त क्षेत्रमा अमेरिका भर्खर दौडन शुरु गर्दा चीनको अर्थतन्त्र अमेरिकाको भन्दा बलियो थियो। चीनले सैन्य क्षेत्रमा बनाएको आधुनिकीकरणलाई समेत तीव्र बनाउदै लगेको थियो।

यससँगै चीनसँग सबभन्दा विशाल जनसेवा छ भने हिन्द–प्रशान्त क्षेत्रमा चीन बराबरको वायुसेना कसै सँग पनि छैन। अत्याधुनिक हाइपरसेनिक क्षेपयास्त्रको सबालमा पनि चीन अमेरिका भन्दा निकै अगाडि छ।

ती क्षेपयास्त्रलाई अमेरिकाको मैजुदा क्षेपयास्त्रको प्रतिरोधी प्रणालीले रोक्न क्षमता छैन। त्यस बाहेक चीनले अमेरिकी जहाजहरुलाई खतरामा पार्नको लागी ऐन्टेसिप क्षेपयास्त्रहरु तैनाथ गरेको छ।

यिनै कारणले गर्दा हिन्द– प्रशान्त क्षेत्रमा चीनलाई एकछत्र राज गर्न बाट रोक्न अमेरिकासँग समाथ्र्य नरहेको देखिन्छ। यस प्रयोजनाको लागी अमेरिकाले हिन्द–प्रशान्त क्षेत्रमा सशक्त उपस्थितिका लागी प्रेरित गरिरहेको छ।  

अमेरिकी नेतृत्व पश्चिमी सैन्य गठबन्धन

नेटोले कोही महिनाअघि सार्वजनिक गरेको  दस्तावेजमा चीनलाई पनि नेटोको  खतराका रुपमा चित्रण गर्नु नै हिन्द–प्रशन्त क्षेत्रमा नेटो विस्तारको बाटो अघि बढेको देखिन्छ।

त्यही शिलशिलामा जर्मनीले हिन्द– प्रशान्त क्षेत्रमा सैन्य उपस्थिति जनाउन खोजेको देखिएको छ। ‘पिचब्यालक’ अभ्यासमा जर्मनीका तेह्र ओटा युरो फाइटर विमान  हिन्द– प्रशान्त  क्षेत्रमा खटिएको छ।

‘पिचब्यालक’ अभ्यास सकिएपछि जर्मनी विमानहरु ताइबान नजिकैको वायुक्षेत्र हुँदै फकर्ने हुँदा चीनलाई सन्देश दिने उद्देश्य पनि जर्मनीले लिएको देखिन्छ। जबकी जर्मनीको सुरक्षाको लागी चीन जोखिम हुँदै होइन।

रूस–युक्रेन युद्धमा युक्रनलाई चाँहे जति सहयोग गर्न नसकेकोमा लज्जा बोध गराएको आरोप जर्मनीलाई लागेपछि सायद त्यसैको प्रतिपूर्ति गर्न पनि हिन्द– प्रशान्त क्षेत्रमा सक्रियता बढाउन खोजेको देखिन्छ।

ग्लोबल टाइम्सका अनुसार जर्मनीलाई अमेरिकाको पछि लागेर चीन विरुद्दको खेलमा सहभागी नहुन भनिएको छ। त्यसले पनि उक्त अभ्यासमा युरोपेली  मुलुकहरुको तुलनामा जर्मनीको सहभागीतालाई चीनले चासोका साथ लिएको हो।

यस अभ्यासमा सहभागी अन्य मुलुकहरुका पनि आफनौँ स्वार्थ छन्।  भारत पनि आफना चार ओटा सुखौ विमान  लिएर अभ्यासका लागी भाग लिन पुग्नु  राम्रो उदाहरण हो।

हिमालय क्षेत्रमा चीनको चरम रणनितिक खोपिरहेको भारतलाई आफू कमजोर नरहेको र आफना सहयोगीसँगको  समन्यव प्राप्त रहेको सन्देश दिनलाई भारत यस अभ्यास सहभागी भएको देखिन्छ।

चीनको सैन्य गतिविधीमा वृद्दिका कारण आफुहरुमा सुरक्षा जोखिम परेको अनुभव गर्ने मुलुकहरुले अभ्यासलाई सकारात्मक रुपमा लिइरहेका छन्। चीनले यस अभ्यासलाई स्पष्ट रुपमा आफनो घेराबन्दीका लागी चालिएको राणनितिक कदम मानेको छ।

जब ताइवानमा अमेरिकी संसदकी सभामुख नेन्सी पोलेसीले भ्रमण गरी तनाब चर्काए लगातै यस अभ्यास गरिनु चीनका लागी आकोशीत बनाउने विषय बनेको छ।

अमेरिका र चीनबीचको तनाब बढिरहेको बेलामा ‘ब्यालकपिच’ अभ्यास पनि अमेरिका र उनका साझेदारहरुले गरिरहेका छन्। अमेरिकले जापान र कोरियासँग मिलेर ब्यालेस्टीक क्षेपयास्त्र खोजी तथा पहिचान अमेरिकाको हवाईमा सम्पन्न अभ्यास गरेको थियो।

प्यासिफिक ड्रयागन नामक उक्त अभ्यास अगष्ट ८ देखि १४ सम्म आयोजना गरिएको थियो। त्यस्तै आगष्ट २२ देखि सेप्टेम्बर १ सम्म  अमेरिका र दक्षिण कोरियामा भएको अभ्यासमा सैन्य विमान, युद्द पोत , टंयाक  र  हजारौ शौनिकहरु संम्लग्न रहेका थिए। यी अभ्यास मार्फत अमेरिकाले चीन र उत्तर कोरियालाई उत्तेजित बनाउन खोजिएको चिनियाँहरुको बुझाई रहेको छ।

ग्लोबल टाईम्सका अनुसार अमेरिका र उसका साझेदारहरुका यस्ता अभ्यासले कोरियाली स्थिति थप बिगार्ने र साथै त्यस क्षेत्रमा हतियारको पनि होड समेत  बढ्ने छ। खासमा चिनलाई मनोवैज्ञानिक रुपमा दबाब दिन पश्चिमिले यी अभ्यास गरिरहेको देखिन्छ।

यसबाट उत्तेजित भई चिनले प्रतिकार गरेमा उसलाई दोषी ठहर गर्दै उसमाथिको आक्रमणलाई  जयाज ठहराउने पश्चिमको  मनसुवा हुन सक्ने तर चीनले युद्द नभई जुन कारबाही मार्फत उत्तर फर्काउन सकने चीन भनाई छ। यसरी चीन पश्चिम र उसका साझेदारबीचको यो माइन्ड गेम अझैँ केही समय चल्ने देखिन्छ। 

प्रकाशित मिति: : 2022-09-06 18:00:00

प्रतिकृया दिनुहोस्