काबुल भएको विस्फोटमा रुसी दूताबासका कर्मचारीसहित ६ जनाको मृत्यु

File Photo
File Photo

अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा परेर रुसी दूतावासका दुई कर्मचारीसहित ६ जनाको मृत्यु भएको रसियाली र तालिवान अधिकारीहरूले बताएका छन्।

सोमबार भएको उक्त हमलामा दूतावासका कर्मचारीसहित कन्सुलरमा सेवा लिन पर्खिएका चार जना अफगानीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
आक्रमणमा अन्य केही मानिस घाइते भएका छन्। आक्रमणको जिम्मा अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटले जनाएको छ।

आक्रमणमा एक कूटनीतिज्ञ र दूतावासका सुरक्षा गार्ड घाइते भएका रुसी सरकारी सञ्चार माध्यम आरआईएले पुष्टि गरेको  छ। कन्सुलर शाखामा पुगेका आक्रमणकारीलाई सुरक्षाकर्मीले  गोली हानेको अधिकारीहरूले बताएका छन्।

सन् २०२१ को अगस्टमा तालिवान सत्तामा पुगेपछि अफगानिस्तानमा विदेशी मिसनमाथि हमला गरेको यो पहिलो पटक हो। यसअघि तालिबानले सो हमलामा कम्तीमा १० जना घाइते भएका जनाएको थियो।

प्रकाशित मिति: : 2022-09-06 07:02:00

प्रतिकृया दिनुहोस्