रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा शुल्क नबुझाएको भन्दै विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गरिएको छ।
विएस्सी सिएसआईटी तर्फको छैटौं सेमेस्टरका ३ विद्यार्थीलाई आइतबार भएको परीक्षाहलबाट निकालिएपछि विद्यार्थीहरुले बिरोध जनाएका छन्।
समयमा शुल्क नतिरेकै भरमा एक्कासी विद्यार्थीलाई परीक्षाहलबाट निकाल्ने काम अमानवीय र निन्दनीय कार्य भएको क्याम्पसको विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष सागर न्यौपानेले बताए।
विद्यर्थीहरुले शुल्क नबुझाएको विषयमा छलफल गरी समाधान गर्न सकिने अवस्थामा समेत क्याम्पस संयोजकले नियतबस विद्यार्थीलाई परीक्षाबाट पञ्चित गरेको उनको आरोप छ।