शनिबार, १२ जुलाई २०२५

पोखरामा ब्राउनसुगरसहित एक जना पक्राउ 

बिएल संवाददाता

बिएल संवाददाता

पोखरा
2022-09-04 12:34:00
File Photo
• • •

कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेबाट १ ग्राम १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा चाउथे कदममार्गस्थित खाजा घर सञ्चालन गरी बस्ने धादिङ गल्छी गाउँपालिका–२ घर भएका २९ वर्षीय सानुबाबु तुलाचन रहेका छन्। उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।   

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?