एमालेको मन मिल्नेसँग गठबन्धन हुन सक्छ : प्रदिप ज्ञवाली 

नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचमा एमालेले आवश्यकताअनुसार गठबन्धन गरेर जाने बताएका छन्।

प्रेस चौतारी नेपाल पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपमहासचिव ज्ञवालीले मांसिर ४ को निर्वाचनमा मन मिल्ने राजनितिक दलसँग सहकार्य हुन सक्ने संकेत गरे।

गठबन्धन विरुद्ध एक्लै चुनाव लड्ने सामार्थ एमालेसँग भए पनि केही ठाउँमा तालमेलको राष्ट्रिय आवश्यकता रहेको बताए।

वर्तमान सरकारले निर्वाचनको मिति घोषणा पछि पनि प्रतिनिधिसभाको म्याद थपको नयाँ विध्येक प्रस्ताव गर्नु असान्दर्भिक भएको बताएका छन्।

प्रतिनिधिसभाको कार्यकाल चुनावपछिको पहिलो बैठकसम्म रहने गरी ल्याउन खोजिएको विधेयकले निर्वाचनलाई निष्पक्ष बनाउन नसक्ने बताए।।

प्रकाशित मिति: : 2022-09-04 11:34:00

प्रतिकृया दिनुहोस्