ललितपुर महानगरले थाल्यो अवैध संरचना भत्काउन,फिल्डमा उत्र्यो नगर प्रहरी (फोटोहरु)

शनि शाक्य

ललितपुर

ललितपुर महानगरपालिकाले सार्वजानिक स्थान तथा सडक पेटी हडपेर बनाएका संरचनालाई हटाउन थालेको छ।

लामो समयदेखि सडक पेटी तथा सार्वजानिक स्थान कब्जा गरी बनाइएका संरचनालाई ललितपुर नगर प्रहरीले हटाउन थालेको हो। शुक्रबार बिहानै नगर प्रहरी प्रमुख

सहितको टोलीले ललितपुरको लगनखेल क्षेत्रमा बनाइएका अवैध संरचनालाई हटाएको हो।

नक्सापास नभएका तथा अवैध रुपमा बनाइएका संरचनालाई नगर प्रहरीले आफै हटाउन थालेको हो।

त्यसरी बनाइएका अवैध रंसचना हटाउन निर्देशन दिएपनि त्यसको बेवास्ता गरेपछि नगर प्रहरीले आफै हटाउन थालेको हो।

प्रकाशित मिति: : 2022-09-02 08:50:00

प्रतिकृया दिनुहोस्