कोरिया टुर्स एण्ड ट्रेनिङ अपरेटर एशोशियसन अफ नेपालले गर्‍यो प्राथमिक उपचार र उद्धार प्रशिक्षण कार्यक्रम (भिडियाेसहित)

कोरिया टुर्स एण्ड ट्रेनिङ अपरेटर एशोशियसन अफ नेपाल (कोटोन)ले प्राथमिक उपचार र उद्धारको लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रबार नेपाल पर्यटन बोर्डमा कोटोन तथा कोरियाली राजदुताबासको संयुक्त आयोजनामा कोरियाली शिष्टाचार तथा लेक लाग्दा गरिने प्राथमिक उपचार र उद्धारको लागि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

कोरियाली पर्यटन व्यवसायी, होटल सञ्चालक, कुुक तथा गाइडहरुलाई पर्यटन सम्बन्धी तालिम दिने उद्देश्यले कार्यक्रम सम्पन्न गरिएको कोटोनका अध्यक्ष अमर बहादुर शाहीले जानकारी दिए।

नेपालमा बढी मात्रामा दक्षिण कोरियन पर्यटक भित्रार्‍याउने जम्मा छ सात कम्पनी छन्। तिनै कम्पनीहरूको सक्रियतामा खुलेको संस्था हो, कोटान।

‘कोटान २०१८ सालमा जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषदमा दर्ता भएको थियो। यसको मुख्य उद्देश्य कोरियन पर्यटकहरुलाई ट्रेकिङमा जाँदा कसरी उहाँहरुलाई सुरक्षित हिसाबले पदयात्रा गराउन सकिन्छ र आउँदा दिनमा कोरियन पर्यटकको वृद्धिलाई कसरी बढाउन सकिन्छ भन्ने कुरा ध्यानमा राखी हामीले कोरियाली राजदूतावासको सहयोग र सहकार्यमा संस्थाको संस्थापना गरेका थियौं। यसका लागि कोरियन परिवारप्रति हार्दिक आभार प्रकट गर्दछौं।' अध्यक्ष शाहीले भने। 

त्यस्तै अध्यक्ष शाहीले पर्यटन क्षेत्रलाई पुन पहिलेकै लहरमा फर्काउन हर प्रयास प्रयत्न गर्ने बताउँदै भने, 'यस कार्यक्रमले आगामी दिनमा पर्यटक, व्यवसायी तथा गाइडहरुलाई सहयोग पुग्नेछ।'

त्यसैगरी उनले कोरोना महामारीका कारण सम्पूर्ण ठाउँमा लकडाउन भएको कुरालाई निकाल्दै भने, 'कोरोना कालमा पर्यटन क्षेत्र अस्तव्यस्त भयो। अब भने पर्यटन क्षेत्रलाई प्रर्वधन गर्न हामी हरप्रयास गर्नेछौँ।'

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कोरियाली राजदुत पार्क चोङ शुकले  नेपालमा कोरियाली पर्यटनलाई प्रर्वधन गर्न दुतावास प्रतिवद्ध रहेको बताए।

पर्यटन  देशको प्रमुख आर्यआर्जनको स्रोत भएको भन्दै उनले भने, ‘कोरोना  महामारीका कारण समस्याग्रत बनेको पर्यटन क्षेत्रलाई अघि बढाउन हामी प्रतिवद्ध रहेका छौँ। यसलाई  हामीले अगाडि बढाउन सक्नुपर्दछ।'

त्यसैगरी उनले आफू सम्बधित निकायमा रहेकाले यात्राको समयमा आइपर्ने समस्यालाई समाधान गर्न तयार रहेको पनि बताए।

सन् २०२०  जनवरीमा एभरेष्ट क्यामपमा बेपत्ता भएका कोरियाली नागरिकको सन्दर्भमा सम्बन्धित निकायमा भएर पनि कार्य गर्न नसक्दा नराम्रो लागेको छ, उनले भने,  'तर अब हुने समस्यालाई समाधान गर्न तयार हामी तयार छौँ।' 

योसँगै उनले आफू अन्नपूर्ण पदयात्रामा जाँदा नेपाली गाइड छइशुले राम्रो सहयोग गरेको कुरा पनि स्मरण गरेका थिए।

'सन् १९७७, ९ महिना १५ तारिकका दिन नेपालमा पहिलो कोरियन पर्यटक  खुल्शाङ दोङ आउनुभएको थियो, उहाँपछि साहसिक कोरियन पर्यटकहरू हिमाल चढ्न नेपाल भित्रिन थाल्नुभयो' उनले भने। 

नेपाल पर्यटन बोर्डका सिइओ डा. धनान्जय रेग्मी र पर्यटक विभागका डिजी होप्साद लुइटेलले पनि पर्यटन सम्बन्धी आफ्नो धारणा व्यक्त गरेका थिए। 

त्यसैगरी कार्यक्रमका ट्रेनरको रुपमा डा. निमा नाम्गेल शेर्पा र दावादासी शेर्पा रहेका थिए। उक्त कार्यक्रमको समापन संस्थाका प्रथम उपाध्यक्ष लालप्रसाल भट्टराईले गरेका थिए। त्यसैगरी सो कार्यक्रममा सहभागी गाइडहरुलाई प्रमाण पत्र र प्राथमिक उपचारका सामग्रीहरु पनि वितरण गरिएको थियो। 

प्रकाशित मिति: : 2022-09-01 14:47:00

प्रतिकृया दिनुहोस्