स्पेनको बार्सिलोनामा नेपाली घर बन्ने

स्पेनको बार्सिलोना सहरमा नेपाली घर बन्ने भएको छ। बढीमा चार लाख युरो लगानीमा बन्ने नेपाली घरको लागि गैर आवासिय नेपाली संघ (एनआरएन) स्पेनले रकम संकलन तिब्र रूपमा अगाडि बढाएको छ। 

एनआरएन स्पेनका अनुसार अहिले सम्म लगभग ११ हजार युरो नगद संकलन भएको छ भने ५० हजार बढी युरो  रकम सहयोग स्वरुप दिने वाचा गरेका छन्।

नितान्त सामाजिक हेतुले सुरु गरिएको यो योजना सम्पन्न भए सँगै स्पेनमा बस्ने नेपालीहरुले फाइदा लिनेछन्।

स्पेनमा नेपालीहरुको बढ्दो जनघनत्वसँगै  उत्पन्न हुनसक्ने विभिन्न समस्या र त्यसको समाधानका गर्न, विभिन्न सामाजिक कार्यक्रम  व्यवस्थापन गर्न सघं को आफ्नो कार्यालय नभएको कारण विभीन्न सामाजिक, आर्थिक तथा प्राविधिक समस्याहरु झेल्दै आएको गैर आवासिय नेपाली संघ स्पेनले जनाएको छ। संघका अनुसार  नेपाली घर निर्माण सँगै   सघंले सञ्चालन गर्ने कार्यक्रममा सहजता हुने, नेपाली बालबालिकालाई नेपाली भाषा पाठशाला सञ्चालन गर्न सकिने, विभिन्न नेपाली चाडपर्व, कार्यक्रर्यम तथा विविध कार्यक्रम आयोजना गर्न सहज पुर्याउने छ।

'नेपाली घर २ सय जना नेपाली अट्ने क्षमता भयको हुनेछ।  मन्दिर, पुस्तकालय, कला एवम् संस्कृति झल्काउने वस्तहुरूको पर्दशनी कक्ष रहनेछ। बार्सिलोनामा सम्पन्न भए सँगै अरु सहरहरूमा पनि यो परियोजना विस्तार गर्दै लैजाने हाम्रो योजना छ'  एन आर एन स्पेनका अध्क्षय शालिकराम डुम्रेले भने, 'यो घर हामी सबैको साझा घर भएको हुनाले सबै तिर बाट सक्दो सहयोग रकम संकलन भइरहेको छ।'

संघका अनुसार ५ सय १ युरो भन्दा माथि रकम दिनेहरुको नाम ताम्रपत्र लेखिने जनाएको छ। अहिले सम्म सहयोग रकम दिनेहरू सबै ५ सय युरो भन्दा माथि नै रहेका छन्।

प्रकाशित मिति: : 2022-08-31 21:09:00

प्रतिकृया दिनुहोस्