फिलिपिन्समा कोरोनाबाट एक दिनमा २५ सय सङ्क्रमित, ५४ को मृत्यु   

फिलिपिन्समा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा ५४ जनाको मृत्यु भएको छ। 

पछिल्लो समय फिलिपिन्समा कोरोना भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्या धेरै देखिएको अधिकारीहरूले जनाएका छन्।

उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय ६५ जना नयाँ सङ्क्रमित भएका हुन्। 

योसँगै फिलिपिन्समा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या ३८ लाख ७२ हजार चार सय पाँच पुगेको छ। 

दक्षिणपूर्वी एसियाली यस मुलुकमा अहिले कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने २९ हजार आठ सय सात रहेको छ। 

देशको स्वास्थ्य विभागले शनिबार दिएको जानकारी अनुसार फिलिपिन्समा अहिलेसम्म कोरोनाका कारण ६१ हजार छ सय १३ जनाको मृत्यु भएको छ।  

प्रकाशित मिति: : 2022-08-27 21:20:00

प्रतिकृया दिनुहोस्