मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

symbolic picture
symbolic picture

पर्साको ठोरी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का सहायक सचिव जगतदीप बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय ठोरीका अनुसार ठोरी ३ सिकारीबासमा आफन्तलाई भेटेर फर्कदै गर्दा बिष्टको  मृत्यु भएको हो ।

हुलाकी सडकबाट २ सय मिटर उत्तर कच्ची सडकमै बुधबार अपरान्ह ४ बजे मोटरसाइकल दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-08-24 19:07:00

प्रतिकृया दिनुहोस्