प्रतिस्णा रेग्मी
काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङ छोपेर सञ्चालन गरेका पसलहरु भत्काउन थालेको छ।
अस्तव्यस्त पार्किङका कारण काठमाडौंबासीहरुको जनजीवनमा ठूलो असर परेको कारण पसलहरु भत्काउन थालेको महानगरपालिकाले जनाएको छ।
काठमाडौंका मेयर बालेन शाहको नेतृत्वमा सोमबार नयाँ बानेश्वरको प्लाजा भत्काइएको थियो।
त्यसैगरी बुधबार पार्किङ गर्ने ठाउँमा पसल चलाइएको भन्दै सुन्धाराको काठमाडौं मल र खिचापोखरीको आरबी कम्प्लेक्स समेत भत्काएको छ।
३५ दिने सूचना जारी गर्दा समेत अटेरी गरेपछि महानगरले अनधिकृत सरंचनाहरु भत्काएको हो। तर व्यापारीहरुले भने आफूहरुलाई सूचनाको बारेमा थाहा नभएको बताएका छन्।
काठमाडौं मलमा विगत १२ वर्षदेखि आइसक्रिम बेच्दै आएका व्यापारी हुन्, सुजन खत्री। जो महानगरले दिएको सूचनाबारे थाहा नभएको बताउँछन्।
‘सूचनाबारे मलाई केहीँ थाहा छैन’ उनले बिएल नेपाली सेवासँग भने, ‘सूचना थाहा पाएको भए त आफैँ सर्तक हुन्थ्यौँ नी तर आज एक्कासी आएर पसल भत्काउँदा नरमाइलो लागेको छ।’
आफूहरुले भोट हालेर जितेका मेयरले नै दुख दिएको गुनासो गर्दै उनी भन्छन्, ‘नगरपािलका आएर पाँच मिनेटमा पसल खाली गर भन्यो, पाँच मिनेटमा पसल खाली गर्नु सम्भवको कुरै भएन। त्यसैले चुप लागेर बसेँ अनि डोजर चलाएर मेरो पसल भत्कायो’
आफ्नो सामनको क्षति नभएपनि १५ लाखको ‘आइक्रिम’ खेर गएको उनी बताउँछन्। ‘खेर गएको मेरो आइक्रिमको पैसा कसले दिने?’
त्यसैगरी अर्का व्यापारी हुन्, रेनुका प्रसाई। जो साेही स्थानमा चिया बेच्दै आइरहेकी छन्।
उनी पनि आफूलाई महानगरले दिएको सूचनाबारे थाहा नभएको बताउँछिन्। ‘हामीलाई सूचनाको बारेमा केही थाहा छैन’ उनले भनिन्, ‘कुन कुनामा टासेँको छ, सूचना?’
महानगरको कारण आफूले लाखौँको नोक्सानी भोग्नु परेको उनले बताइन्। ‘हाम्रो नोक्सान महानगरले नै व्यर्होनुपर्छ।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया