शनिबार, १२ जुलाई २०२५

लमजुङमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
2022-08-24 12:09:00
News Image
• • •

लमजुङमा बालबालिकाहरुलाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाउन सुरु भएको छ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आठवटै जिल्लाका स्थानीय तहका ५ वर्षदेखि ११ वर्ष उमेरका बालबालिकालाई खोप लगाउने अभियान सुरु भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय लमजुङका अनुसार खोप अभियानका लागि जिल्लाभर ३७० खोप केन्द्र तोकिएको छ। उक्त खोप केन्द्रमार्फत् बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा लगाइएको छ।

खोप अभियानअन्तर्गत ७ गते मंगलबारदेखि १० गतेसम्म विद्यालयमा खोप सेवा प्रदान गरिनेछ। विद्यालय बाहिर रहेका तथा खोप लगाउन छुटेका बाललबालिकालाई ११ र १२ गते वडावडामा रहेको स्वास्थ्य सस्थामार्फत खोप सेवा प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ।

स्वास्थ्य कार्यालयका खोप सम्पर्क व्यक्ति यम बरालका अनुसार अभियानमा जिल्लाभरका ५ वर्षदेखि ११ वर्ष तथा १२ वर्ष उमेर नपुगेका १९ हजार ३३९ जनालाई फाइजर खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेको छ। १२ गते सम्म सञ्चालन हुने खोप कार्यक्रमका लागि जिल्लामा १९ हजार ७ सय मात्रा खोप आएको खोप अधिकृत बरालले बताए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?