इरानी सैन्य सल्लाहकार सिरियामा मारिए

File photo
File photo

सिरियामा इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरका एक वरिष्ठ सदस्यको मृत्यु भएको सरकारी स्वामित्वको प्रेस टिभीले मङ्गलबार जनाएको छ।

युद्धग्रस्त देशमा सैन्य सल्लाहकारको रूपमा काम गरेका अबोलफजल अलीजानीको सोमबार बिहान मृत्यु भएको बताइएको छ। अलिजानीको शव केही दिनमा इरानमा पुर्याइने छ। घटना बारे थप विवरण भने सार्वजनिक गरिएको छैन।

इरानले सन् २०११ देखि सिरियाली सरकारको अनुरोधमा सिरियामा आफ्ना सैन्य सल्लाहकारहरूको उपस्थिति  रहेको पुष्टि गरेको छ।

प्रकाशित मिति: : 2022-08-23 17:32:00

प्रतिकृया दिनुहोस्