मस्जिद भत्किँदा ४ जनाको मृत्यु

File Photo
File Photo

मध्य इराकी प्रान्त केरबालामा रहेको शिया मुस्लिम धार्मिकस्थल भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शनिबार भएको पहिरोपछि उद्धारकर्मीहरूले भग्नावशेषमा बाँचेका ६ जनाको उद्धार गरेको छ।

भग्नावशेषमा अझै धेरै मानिस पुरिएको अवस्थामा खोजी तथा उद्धार कार्य जारी रहेको उनले बताए। कतारत अल–इमाम अली मन्दिर पश्चिमी मरुभूमिमा अवस्थित छ। उक्त मन्दिर पवित्र शहर केरबालाको केन्द्रबाट लगभग २८ किलोमिटर टाढा छ।

मन्दिरको छतमा पहिरो ठोकिएको नागरिक रक्षा सेवाले एक विज्ञप्तिमा जनाएको छ।

प्रकाशित मिति: : 2022-08-22 06:58:00

प्रतिकृया दिनुहोस्