"केही मानिसहरू मसँग खुसी नहुन सक्छन्। भिन्न विचारहरू पनि हुन सक्छन् तर मैले उनीहरूलाई देश आमाजस्तो हुने भन्दै कसैले त्यसलाई घात नगर्न भन्छु," मोहम्मद इदरिस मोमन्द भन्छन्।
मोमन्द अमेरिकामा विशिष्ट तालिम लिएका केही औँलामा गन्न सकिने अफगान सैन्य पाइलटहरूमध्ये हुन्।
तर जब तालिबानले काबुल कब्जा गर्न लागिरहेका थिए, उनले आफ्ना साझेदारलाई छाडेर आफ्नो गाउँ पुग्दै त्यसअघि शत्रुका रूपमा रहेका मानिसहरूलाई हेलिकप्टर दिए।
"मेरो उद्देश्य अफगानिस्तानको सम्पत्तिको सुरक्षा गर्नु थियो," उनले बीबीसीसँग भने।