देशभर थप २८६ जनामा कोरोना पुष्टि

file photo
file photo

देशभर पछिल्लो २४ घण्टामा २८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८६ जनामा संक्रमण पुष्टि भएको हो। ३४२३ जनाको स्वास्थ्य परीक्षण गरिएमा २८६ मा संक्रमण पुष्टि भएको हो।

जसमध्ये १८१६ जनाको पिसिआर विधिबाट र १६०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पिसिआरबाट २०२ जना र एन्टिजेनबाट ८४ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमणबाट आइतबार ४७९ जना निको भएका छन्। संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन। हाल देशभर ४३४८ सक्रिय संक्रमित छन्।

प्रकाशित मिति: : 2022-08-21 19:13:00

प्रतिकृया दिनुहोस्