साइकल खरिद प्रकरणको नालीबेली : निर्णयका हर्ताकर्ता मुख्यमन्त्री राउत कसरी जोगिए ?

लोकान्तर

अजय अनुरागी

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गरिएको २७ हजार साइकल खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री, प्रदेश सचिव तथा केही इन्जिनीयर समेतलाई मुद्दा चलाउनुपर्नेमा उन्मुक्ति दिएको पाइएको छ।

अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरे पनि साइकल खरिद प्रकरणका मुख्य हर्ताकर्ता मुख्यमन्त्री लालबाबु राउत, मेकानिकल इन्जिनीयर सहितको प्रत्यक्ष संलग्नता देखिए पनि उनीहरूविरुद्ध मुद्दा चलाइएको छैन ।

अख्तियारले ‘ठूला माछा’लाई नछोप्ने भन्दै पटक–पटक आलोचना हुने गरेको प्रवृत्ति साइकल खरिद प्रकरणको मुद्दामा छताछुल्ल भएको छ ।

प्रकाशित मिति: : 2022-08-21 11:20:00

प्रतिकृया दिनुहोस्