पश्चिम सेती र सेती नदी-६ परियोजना भारतीय कम्पनीलाई

पश्चिम सेती जलविद्युत् आयोजना र सेती-६ को सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच सम्झौता भएको छ।

बिहीबार होटल सोल्टीमा भएको विशेष कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

समझदारीपत्रमा नेपालका तर्फबाट लगानी बोर्डका सीईओ सुशील भट्ट र भारतकातर्फबाट एनएचपीसीका अध्यक्ष तथा कार्यकारी निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गरेका थिए। 

लगानीको बोर्डको ५२ औं बैठकको निर्णयानुसार इन्डिकेटिभ जडित क्षमता ७५० मेगावाटको पश्चिम सेती जलविद्यु्त परियोजना तथा ४०० मेगावाटको सेती नदी–६ परियोजनाको विस्तृत परियोजना अध्ययन प्रयोजनार्थ सर्वेक्षण अनुमति पत्र जारी गरेको हो। 

लगानी बोर्डले प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर गराएको हो। २३ साउन बोर्डले समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको थियो।

प्रस्तावित ७५० मेगावाट जडित क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत परियोजनाको कुल लागत लगभग १३२० मिलियन अमेरिकी डलर अनुमान गरिएको छ। 

यस्तै ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत परियोजनाको अनुमानित लागत ८०० मिलियन अमेरिकी डलर रहेको छ ।

प्रकाशित मिति: : 2022-08-18 21:01:00

प्रतिकृया दिनुहोस्