बिएल संवाददाता
अभिनेत्री ज्याकलिन फर्नान्डिज केही समययता विवादमा तानिएकी छन्। खासगरी सुकेश चन्द्रशेखरको मनी लन्ड्रिङमा अभिनेत्रीको नाम जोडिएपछि उनीविरुद्ध प्रवर्तन निर्देशनालय(इडी) ले उनलाई आरोपी बनाउँदै चार्जसिट दर्ता गर्ने अन्तिम तयारीमा छ। यही मेसोमा ज्याकलिनलाई बलिउडले नै बहिस्कार गर्ने आन्तरिक तयारी सुरु गरेको छ।
ज्याकलिनसँग काम गरिसकेका निर्माताहरू अहिले उनीबाट विस्तारै टाढिँदै गएका छन्। ‘इडीले उनलाई आरोपी बनाएपछि उनले काम पनि विस्तारै गुमाउँदै गएकी छन्। ‘विक्रान्त रोना’ र ‘बच्चन पाण्डे’ उनको पुरानो प्रोजेक्ट हो। विवादमा मुछिएको र उनको मुद्दाको छिनोफानो नहुञ्जेलसम्म कोही पनि नयाँ निर्माता उनीसँग काम गर्ने सोचमा छैनन्’, एक निर्माताले भनेका छन्।
आरोपीका रूपमा चार्जसिट दर्ता हुने भएपछि उनको पक्राउको सम्भावना पनि उत्तिकै बढेको छ। ती निर्माताका अनुसार अहिलेको अवस्था हेर्दा ज्याकलिन पुरानै अवस्थामा फर्कने सम्भावना अत्यन्त कम छ।
‘यो साँच्चै दुःखको कुरा हो। उनी धेरै राम्री केटी हुन्। उनी के कारणले आफू फस्दैछिन् भन्ने पनि राम्ररी थाहा पाउन सकेकी छैनन्’, ज्याकलिनको महिला सहकर्मीले भनेकी छन्, ‘अहिलेको अवस्थामा ज्याकलिनलाई सान्त्वना दिनकै लागि भेट्न पनि असम्भव छ।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया