भारतमा ६ सुरक्षाकर्मीको मृत्यु, ३३ घाइते

बिएल संवाददाता

नयाँ दिल्ली
ANI News
ANI News

भारतमा मङ्गलबार कम्तीमा छ सुरक्षाकर्मीको मृत्यु भएको छ।

भारत नियन्त्रित काश्मिरमा भएको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।

दुर्घटनाका कारण अरु ३३ जना घाइते पनि भएका छन्। उनीहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार गराइएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।  

काश्मिरमा पर्ने पाहल्गाममा सडकमा गुडिरहेको यात्रु बहाक वस नदीमा खसेर दुर्घटना भएको अधिकारीहरूले जनाएका छन्।  

चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको घटनास्थलमा पुगेका सुरक्षाकर्मीहरूको भनाइ छ।

भारतमा चालकहरूको लापरवाही, खराब अवस्थाको सडक र पर्याप्त मर्मत नगरिएका सवारी साधनका कारण हरेक वर्ष सयौँ दुर्घटना हुने र हजारौँको मृत्यु हुने गरेको छ।

प्रकाशित मिति: : 2022-08-17 05:42:00

प्रतिकृया दिनुहोस्