मङ्गलबार, २६ अगस्ट २०२५

दाङमा शिक्षकहरू आन्दोलित

News Image
• • •

दाङमा केन्द्रीय अनुदान काटाबाट नियुक्त भएका शिक्षकहरू आन्दोलित भएका छन्। शिक्षकहरूका बीचमा तलवभत्ता, सेवा सुविधामा विभेद गरिएको भन्दै उनीहरू आन्दोलित भएका हुन्। 

शिक्षण सिकाई अनुदान शिक्षकहरूले आफ्ना मागहरू पूरा गर्नु पर्ने भन्दै जिल्लाका स्थानीय तहमा ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्। अन्य शिक्षकहरूले पाउन पोशाक भत्ता, चाडपर्व खर्च, महंगी भत्ता आदिबाट बञ्चित गरिएको भन्दै यी सेवा सुविधा पाउनु पर्ने शिक्षकहरूको माग छ। 

घोराही उपमहानगरपालिकालाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, 'शिक्षण सिकाई अनुदान कार्यविधि २०७७ को परिच्छेद ३(८) मा तृतीय श्रेणी स्केल बराबर तलब उपलब्ध गराउने भन्ने छ तर हालसम्म यसबाट हामीलाई बञ्चित गरिएको छ।'

यस्तै ध्यानाकर्षण पत्रमा यस वर्षबाट १५ प्रतिशतले कर्मचारीको तलब बृद्धि भएको भन्दै अपुग तलब भत्ता, सेवा सुविधा, कार्यक्रम कार्यन्वय पुष्तिका २०७९८० को २.७.१३.४० कार्यविधि बमोजिम उपलब्ध गराउन स्थानीय तहलाई आग्रह गरिएको छ। 

शिक्षकहरूको सेवा सुविधाप्रति स्थानीय तह, संघीय सरकारले वेवास्ता गरे आफ्नो हक अधिकार सुनिश्चिताको लागि शिक्षण सिकाई अनुदान कोटाका शिक्षकहरू आन्दोलित हुन बाध्य हुनेसमेत जानकारी गराइएको छ। 
 
जिल्लामा केन्द्रीय अनुदान कोटाबाट १०० बढी शिक्षकहरूले शिक्षण गरिरहेको शिक्षक कमल जिसीले जानकारी दिएका छन्। उनले स्थानीय अनुदान, करार, अस्थायी अन्य शिक्षककोसमेत माग स्थानीय तहले पूरा गर्नु पर्ने बताएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!