म्यान्मार द्वन्द्वः सात महिनामा २५ सय सरकारी सैनिकको मृत्यु

बिएल संवाददाता

रंगुन, म्यान्मार
The Karen National Union (KNU)
The Karen National Union (KNU)

दक्षिणपूर्वी म्यान्मारको करेन राज्यमा सत्ताधारी सेनाका २५ सयभन्दा बढी सदस्यहरू मारिएका छन्।

गतवर्ष फेब्रुअरीमा सेनाले ‘कू’ गरेर सत्ता हातमा लिएयता नागरिक समूह र सैन्य जुन्ताबीच लडाइँ जारी छ। विद्रोही जातीय कारेन विद्राेही समूहसँगको झडपमा यस वर्षको जनवरीदेखि म्यान्मार जुन्ताका बफादार सैनिकहरू मारिएका हुन्।

प्रजातन्त्रविरोधी सेनाले एक सैन्य डिभिजन बराबराका सदस्यहरू गुमाएको करेन नेश्नल युनियनले मंगलबार जारी गरेको मासिक प्रतिवेदनमा उल्लेख गरिएको छ। सशस्त्र विंग, करेन नेश्नल लिबरेसन आर्मी र करेन नेशनल डिफेन्स अर्गनाइजेसनले गाउँ–गाउँबाट सैन्य जुन्ता भगाइरहेका छन्।

स्रोतकाअनुसार अघिल्लो महिनामा विद्रोही समूह र सेनाबीच २५९ स्थानमा लडाइँ भएको अधिकारीहरू जनाएका छन्। लडाइँका क्रममा ३८६ सीमा सुरक्षा बलका सरकारी सैनिकको मृत्यु भएको दाबी गरिएको छ।

करेन नेश्नल युनियन जनवरीमा ३९९, फेब्रुअरीमा ३११, मार्चमा ४२९, अप्रिलमा ३५६, मेमा ३०३, जुनमा ४१० र जुलाईमा ३८६ गरी जम्मा सात महिनामा कुल २५९४ जना सैनिकको मृत्यु भएको अनुमान गरेको छ।

सैन्य ‘कू’यता सबैभन्दा रक्तपातपूर्ण झडप जुलाई १२ मा म्यावाड्डीस्थित राजमार्गमा भएको सैनिक अधिकारीहरू बताउँछन्। लडाइँमा सैन्य शासन बटालियन कमाण्डर र डेपुटी बटालियन कमाण्डरको मृत्यु भएको विद्रोही समूहको दाबी छ।

नागरिक समूहले जताततै कब्जा जमाउँदै गएपछि सैनिकहरू आ–आफ्नो हतियार बिनै भागेका थिए। आरपीजी रकेट, माइन, ग्रेनेड, ४० एमएम आर्टिलरी शेल, बुलेट, बन्दुक र इलेक्ट्रोनिक जामिङ उपकरणहरू विद्रोही समूहले आफ्नो नियन्त्रणमा लिएका छन्।

प्रकाशित मिति: : 2022-08-10 09:34:00

प्रतिकृया दिनुहोस्