आँधिखोला लघुवित्तले बढायो मुनाफा

आँधिखोला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

यस अवधिमा संस्थाको खुद नाफा ११.०१% ले बढेर ४ करोड ५५ लाख ७८ हजार रुपैयाँ पुगेको छ। 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले ४ करोड १० लाख ५७ हजार रुपैयाँ नाफा कमाएको थियो। यसको खुद ब्याज आम्दानी सामान्य बढेको छ।

सञ्चालन नाफा भने ३५% ले बढेको छ। खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै वृद्धि हुँदा यसको सकारात्मक प्रभाव खुद मुनाफामा परेको हो। 

यो लघुवित्तले १ करोड १६ लाख १८ हजार रुपैयाँ राइट ब्याक गरेको छ जुन अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ४६२% ले धेरै हो। राइट ब्याकले पनि यसको नाफा बढ्न सहयोग गरेको छ।

असार मसान्तसम्म आइपुग्दा आँधिखोलाको रिजर्भ कोष ३४.९५% ले बढेको छ। यसको रिजर्भमा १० करोड ८२ लाख ४ हजार रुपैयाँ जम्मा भएको छ। 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रिजर्भमा ८ करोड १ लाख ८१ हजार रुपैयाँ जम्मा भएको थियो। यसको कस्ट अफ फन्ड भने बढेको छ। 

प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ५८ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ भने २०८ रुपैयाँ २० पैसा छ।
 

प्रकाशित मिति: : 2022-08-05 10:15:00

प्रतिकृया दिनुहोस्