 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवले किर्ते गरी नेपाली नागरिकता लिएको आरोपसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ।
उपमेयर यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहार राज्यअन्तर्गतको सुपौल जिल्लाको मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँको भएको उजुरीमा उल्लेख गरिएको छ।
उपप्रमुख मीरा र उनका पति महेन्द्रसहित उनीहरुका छोरा इन्द्रजीतले झुठा विवरण बुझाइ नागरिकता लिएको उजुरीमा दाबी गरिएको छ। उनीहरुले साविकको सप्तरीको औरही गाविस वडा नम्बर–३ (हाल डाक्नेश्वरी नगरपालिका ६) बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाण पत्र लिएको दाबी उजुरीमा गरिएको छ।
भारतको निर्वाचन नामावली २०२२ मा बिहारको क्रम संख्या ६३२ मा महेन्द्रको र ६३३ मा मीराको नाम छ।
अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेस गरेको शपथ–पत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण उजुरीमा संलग्न छ।
नेपाली नागरिकताको प्रमाण पत्र लिई मीरा सार्वजनिक पद धारण गरी नगरपालिकाको न्यायिक समितिको संयोजक पदमा बसी पदीय दायित्व दुरुपयोग गरिरहेकाले नागरिकता ऐन, २०६३ को दफा नम्बर १२ बमोजिम मीरा, उनका पति महेन्द्र र छोरा इन्द्रजीतको नागरिकता प्रमाण पत्र रद्द गरी सोही ऐनको दफा २१ बमोजिम हदैसम्म सजाय गर्न उजुरीमा माग गरिएको छ।
मीरालाई उपप्रमुख पदबाट निलम्बन गरी आवश्यक कानुनी कारबाहीसमेत माग गरिएको उजुरी गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय, सप्तरी, डाक्नेश्वरी नगरपालिका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई बोधार्थ गरिएको छ। तर उजुरीकर्ताको नाम भने गोप्य राखिएको छ।
उजुरी प्राप्त भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिएका छन्। उनले भने, 'उजुरी आएको छ, हामी आवश्यक छानबिन गरेर निष्कर्षमा पुग्छौं।' गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उपप्रमुखको उम्मेदवार बनेकी मीरा ६ हजार १ सय ९७ मत ल्याएर निर्वाचित भएकी हुन्।
मीराले आफूविरुद्ध झुटो आरोप लगाएर उजुरी दिएको दाबी गरिन्। उनले भनिन्, ‘मेरो घर यहीँ डाक्नेश्वरीमा हो। हनुमाननगर कंकालिनीको मधवापुरमा माइती हो। म नेपाली नागरिक हुँ। म माथि गलत आरोप लगाइएको छ। चुनाव जितेदेखि नै विपक्षीहरूले आफूलाई हटाउने प्रयास गरेको र षड्यन्त्र गरेर उजुरी आएको हुन सक्ने उनले बताइन्। उनले थपिन्, 'सत्य कुरा छानबिन पछि बाहिर आउँछ।'
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया