इक्वेडरको जेलमा भड्कियो हिंसा, १३ जनाको मृत्यु

GETTY IMAGES
GETTY IMAGES

इक्वेडरको एक जेलमा परस्पर विरोधी गिरोहबीच भएको झडपमा कम्तिमा १३ कैदीको मृत्यु भएको छ।

झडपमा दुई जना कैदी घाइते भएका अधिकारीहरूले बताएका छन्। सान्तो डोमिंगो सहरको एउटा कारागारमा भएको झडपमा ४४ जना कैदीको मृत्यु भएको दुई महिनापछि पछिल्लो लडाइँ सुरु भएको हो।

अधिकारीहरूले बेल्लाभिस्टा कारागारलाई पूर्ण नियन्त्रणमा लिएको जनाएका छन्। जेल हिंसा सन् २०२१ को फेव्रुवरीदेखि गोली चलेको छ। कारागारमा दुई परस्पर विरोधी गिरोहबीच भएका लडाइँमा ४ सयभन्दा बढी कैदी मारिएका छन्।

गृहमन्त्री क्यारिलोले बेलाभिस्टा जेलमा भएको यो पछिल्लो डरलाग्दो झडपपछि १३ शव फेला पारिएको बताए। सेलभित्र खोजी गर्ने क्रममा थप शव फेला पर्न सक्ने उनले अनुमान गरेका छन्।

प्रकाशित मिति: : 2022-08-02 06:27:00

प्रतिकृया दिनुहोस्