भारतमा मंकीपक्स संक्रमणबाट एक जनाको मृत्यु  

भारतको केरलमा मंकीपक्सका कारण एक जनाको मृत्यु भएको छ। 

शनिबार मृत्यु भएका युवकलाई मंकीपक्सको पश्चिम अफ्रिकी भेरिएन्ट संक्रमण भएको केरलाको स्वास्थ्य विभागले जनाएको छ।

भारतमा मंकीपक्सबाट पहिलो मृत्यु भएको बताइएको छ। केरलकी स्वास्थ्यमन्त्री बिना जर्जले २२ वर्षीय युवकको मृत्यु भएको जानकारी दिएकी छन्। ती युवक यूएईबाट भारत आएको उनले जानकारी दिएकी छन्।

उनलाई मंकीपक्स संक्रमण देखिएपछि केरलकै एक निजी अस्पतालमा भर्ना भएको थियो। 

मृतकको परिवार सदस्यहरूका अनुसार उनी यूएईको रास अल खइमाहमा कार्यरत थिए। साथै उनी जुलाइ २२ मा आफ्नो घर आइपुगेका थिए।

प्रकाशित मिति: : 2022-08-01 20:41:00

प्रतिकृया दिनुहोस्