एकै दिन ८९५ जनामा कोरोना संक्रमण पुष्टि

File photo
File photo

पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार नौ सय नौ जनामा गरिएको नमूना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

नमूना परीक्षण गरिएकामध्ये तीन हजार ६ सय ८५ जनाको पिसीआर परीक्षण र २२ सय २४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो। 

मन्त्रायलका अनुसार पछिल्लो एक दिनमा संक्रमणका कारण एक जनाको ज्यान गएको छ। यस्तै, अहिले नेपालमा ४९ सय ३४ जना संक्रिय संक्रमित रहेका छन्।   

प्रकाशित मिति: : 2022-08-01 15:54:00

प्रतिकृया दिनुहोस्