रुसी गोलाबारीमा युक्रेनी व्यापारी मारिए

photo-newsweek
photo-newsweek

दक्षिणी सहर माइकोलाइभमा रुसी गोलाबारीमा युक्रेनका एक धनी व्यापारी आफ्नी श्रीमतीसहित मारिएका छन्। रुसी मिसाइल प्रहारमा ७४ वर्षीय ओलेक्सी भादाटुर्स्की र उनकी श्रीमती रायसाको मृत्यु भएको हो।

रुसी सेनाले उनीहरू बसोबास गर्दै आएको घरमा मिसाइल प्रहार गरेको युक्रेनी मिडियाले जनाएको छ। भादाटुर्स्की अनाज निर्यातमा संलग्न समूह निबुलोनका मालिकसमेत थिए। उनले हिरो अफ युक्रेनको अवार्ड पाएका थिए । 
 
माइकोलाइभका मेयर ओलेक्जेन्डर सेन्केभिचले यो सहरमा अहिलेसम्मकै सबैभन्दा ठूलो रुसी बमबारी भएको बताएका छन्। रुसी बमबारीमा होटल, खेलकुद परिसर, दुई विद्यालय, सर्भिस स्टेसन र घरमा क्षति पुगेको छ। माइकोलाइभ युक्रेनको मुख्य बन्दरगाह ओडेसा जाने मुख्य मार्गमा छ। यो सहर बारम्बार आक्रमणमा परेको छ। 

प्रकाशित मिति: : 2022-08-01 07:54:00

प्रतिकृया दिनुहोस्