युद्ध हारेपछि देश छाडेर भाग्ने तयारीमा रूसी राष्ट्रपति पुटिन !

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका सहयोगीहरूले युद्ध हारेपछि देश छाडेर भाग्ने याेजना बुनिरहेकाे खुलासा भएकाे छ। 

रूस–युक्रेन युद्धलाई संसारभरका सबै मानिसहरूले गम्भीर चासाेका साथ हेरिरहेका छन्। त्यसाे त राष्ट्रपति पुटिनको स्वास्थ्य अवस्था अत्यन्तै खराब छ। उनी पाँचजना डाक्टरको निगरानीमा उपचाररत रहेकाे ब्रिटेनी पत्रिका डेली मेलले दाबी गरेको छ।

राष्ट्रपति पुटिनले 'युक्रेनसँग औपचारिक रूपमा पराजित भएको पुष्टि भएपछि' शरण लिने देशबारे उच्च पदस्थ अधिकारीसँग दैनिकजसाे सल्लाह गरिरहेका छन्।

शक्तिराष्ट्रबाट कडा प्रतिबन्धको सामना गरिरहँदा रूसी अर्थतन्त्र ध्वस्त भएको छ। रूसी सेनाले धमाधम कब्जा जमाइरहेका दर्जनाैँ युक्रेनी–भूमि युक्रेनकाे सेनाले फिर्ता लिइरहेकाे छ।

स्रोतकाअनुसार ६९ वर्षीय पुटिन शरणका लागि सिरिया वा इरान जानेछन्। यी देशले उनको अनुरोधलाई सहजै स्वीकार गरिसकेको समाचारमा उल्लेख छ।

सिरियाली नेता बसर अल–असदका साथी हुन्, राष्ट्रपति पुटिन। जसलाई उनले सन् २०१५ को गृहयुद्ध–ताका हस्तक्षेप गरी सहयोग गरेकाे जानकारहरू बताउँछन्।

रूसबाट सिरिया जाने कुनै पनि विमान नेटोको सदस्य राष्ट्र टर्कीमाथिबाट जानेछ। टर्कीले पुटिनलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न अनुमति दिन अस्वीकार गरेपछि निकासी मार्गको ढोका बन्द हुनेछ।

प्रकाशित मिति: : 2022-07-30 17:54:00

प्रतिकृया दिनुहोस्