सामाजिक विभेदका नरम स्वरूप

नयाँ पत्रिका दैनिक

सीता मादेम्बा

जातका आधारमा गरिने प्रत्यक्ष विभेद कम भएजस्तो देखिएसँगै जातीय विभेदका स्वरूप पनि परिवर्तन भएका छन्। सदियौँदेखि चलिआएको जात–व्यवस्था कायम राख्न पनि जातीय विभेदका स्वरूप परिवर्तन भएको देखिन्छ। जातीय विभेदका ती परिवर्तित स्वरूप पनि विभेदको चरम स्वरूप ‘छुवाछुत’जत्तिकै समतामूलक समाज निर्माणका लागि बाधक देखिन्छन्। यी विभेदका स्वरूप कस्ता देखिन्छन् त ? र यी विभेदहरूले राजनीति, सामाजिक, शैक्षिक र आर्थिक बहिष्करणमा कसरी योगदान गरिरहेका छन् त ? यी र यस्ता विभेदसँग जुधिरहेका दलित र मुसलमान समुदायका व्यक्तिहरूले दैनिक भोगेको अनुभवका आधारमा यी प्रश्नहरूको उत्तर खोज्ने प्रयास यो लेखमार्फत गरिएको छ। 

प्रकाशित मिति: : 2022-07-30 13:29:00

प्रतिकृया दिनुहोस्