मोदीका लागि चुनौती बन्लान् केजरीवाल !

बिएल संवाददाता

नयाँ दिल्ली
Photo: Agency
Photo: Agency

एक दशक यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा लोकप्रिय नेता मानिन्छन्।

सन् २०१४ र २०१९ को लोकसभा निर्वाचनमा मोदीले प्रचण्ड बहुमतका साथ सरकार गठन गरे। चुनावी परिणामले ‘सफल मोदी’ प्रमाणित गरेपछि दक्षिण–एसियाको राजनीतिक वृत्तमा उनी राम्रो प्रभाव राख्छन्।

देशभित्र वा बाहिर हिन्दू राष्ट्रवादीहरूको राम्रो समर्थन छ। उनी चर्चाको चुलीमा छन्। तर, प्रधानमन्त्रीको मोदीको उग्र अतिवादी स्वभावले सत्ता बाहिर विरोधी पत्रकारदेखि स्वतन्त्र नागरिकसम्म आजित छन्।

मुद्रास्फीति–बेरोजगारीको मुद्दाले उनको लोकप्रियता खस्किँदो छ। त्यसो त मोदीको राजनीतिक चर्चा ओरालोलाग्दो छ।

सन् २०२४ को लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले आजको स्थान कायमै राख्ला! फेरि सरकार बनाउन सक्छ कि सक्दैन ? प्रतिपक्षले मोदीलाई सत्ताबाट हटाउन सक्छन् कि सक्दैनन्! भारतीय युवापंक्तिमा आम–चासोको विषय बनेको छ।

इन्डिया टिभी म्याटराइजको एउटा सर्वेक्षणले प्रधानमन्त्री मोदीको विकल्पका रूपमा कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी र आम आदमीका प्रमुख तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई हेरिएको छ।

भारतका कैयौँ नागरिकलाई ‘प्रधानमन्त्री मोदीका लागि को–को नेताबाट आउँदो चुनावमा चुनौती देख्नुहुन्छ’ भन्ने प्रश्न सोधिएको थियो। सर्वेक्षणमा सहभागी २३ प्रतिशतले राहुल गान्धीलाई प्रधानमन्त्रीका रूपमा देख्न चाहन्छन्।

दोस्रो नम्बरमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १९ प्रतिशतले प्रधानमन्त्री मोदीका लागि चुनौती ठान्छन्। त्यस्तै, तेस्रो नम्बरमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई ८ प्रतिशतले समर्थन गरेका छन्।

आम आदमी पार्टी र मुख्यमन्त्री केजरीवाललाई राम्रो साथ दिएका छन्। आँउदो लोकसभाको निर्वाचनमा पाँच सिट जित्नसक्ने अनुमान गरिएको छ।

सन् २०१९ को लोकसभा निर्वाचनमा पार्टीले एउटा मात्रै सिट जितेको थियो। त्यहाँ पनि उपनिर्वाचन हुँदा फेरि अकाली दलले कब्जा जमाएको छ। भारतीय लोकसभामा अहिले आम आदमी पार्टीको तर्फबाट कोही सांसद छैनन्।

प्रकाशित मिति: : 2022-07-30 10:17:00

प्रतिकृया दिनुहोस्