जापानमा बाँदर आतंक, मान्छेलाई हमला गर्ने बाँदरलाई गोली हानेर मारियो

जापानी सहरका बासिन्दाहरूलाई हप्तासम्म आतंकित गर्ने बाँदरहरूको गिरोहमध्येको एउटालाई पक्राउ गरी मारिएको अधिकारीहरूले बताएका छन्।

उक्त भाले बाँदरलाई मंगलबार साँझ उच्च विद्यालयको मैदानमा विशेष कमिसनका शिकारीले फेला पारेका थिए। सुरुमा यसलाई बेहोस पारिएको थियो। त्यसपछि उक्त बाँदरलाई मारिएको थियो। मकाकले झण्डै ५० जनालाई घाइते बनाएका छन्।

करिब ३ साताअघि वयस्क र बालबालिकामाथि आक्रमण सुरु भएदेखि अधिकारीहरूले बाँदरको शिकार गरिरहेका छन्। बाँदरले हल्का चिर्तोनेदेखि टोक्नेसम्म गरेका छन्। आक्रमणकारी बाँदरका अन्य सदस्यहरूको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन्।

आक्रमणकारी अन्य बाँदरहरूको पनि खोजी भइरहेको प्राप्त विवरणमा जनाइएको छ। ‘प्रत्यक्षदर्शीहरूले विभिन्न आकारका बाँदरले हमला गरेको बताएका छन्। नयाँ आक्रमणको रिपोर्टहरू पाइरहेका छौं,’ कृषि मन्त्रालयका एक अधिकारीको भनाइ उदृत गर्दै एएफपीले जनाएको छ।

सुरुमा केटाकेटी र महिलालाई मात्र आक्रमण हुने गरेकोमा बाँदरले पछिल्ला दिनमा वृद्ध र वयस्क पुरुषहरूलाई पनि निशाना बनाएको प्राप्त विवरणमा जनाइएको छ।

– एजेन्सी

प्रकाशित मिति: : 2022-07-28 07:57:00

प्रतिकृया दिनुहोस्