फिलिपिन्समा गयाे भूकम्प, चारको मृत्यु ६० जना घाइते

फिलिपिन्समा आएको भूकम्पमा ४ जनाको मृत्यु हुनुका साथै ६० भन्दा बढी घाइते भएका छन्।

देशको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।

भकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुर्याएको छ। भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो।

भूकम्पले हल्लाउने वित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर खाली स्थानमा पुगेका थिए।
 

प्रकाशित मिति: : 2022-07-27 14:47:00

प्रतिकृया दिनुहोस्