बङ्गलादेशले टि २० विश्वकप आयोजना गर्ने

बिएल संवाददाता

नयाँदिल्ली
file photo
file photo

बङ्गलादेशले आगामी सन् २०२४ मा महिलाको टि -२० विश्व कप आयोजना गर्ने भएको छ।साथै इङ्गल्याण्डले सो खेलकूद सन् २०२६ मा आयोजना गर्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले घोषणा गरेको छ। 

साथै भारतले सन् २०२५ मा ५० वर्षभन्दा माथिका महिलाको विश्वकप क्रिकेट आयोजना गर्ने भएको घोषणा पनि सो काउन्सिलले गरेको छ। मङ्गलबार आइसिसिले प्रकाशन गरेको विज्ञप्तिमा भारतले सन् २०१३ पछि पहिलो पटक यो क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको बताइएको छ। 

त्यसैगरी आइसिसिले श्रीलङ्काले सन् २०२७ मा महिला टि २० च्याम्पियन ट्रफिको आयोजना गर्ने भएको हो।आइसिसि बोर्डले प्रतिस्पर्धाका आधारमा ती प्रतियोगिताहरुको आयोजना गर्न दिने गरी छनौट गरेको समाचारमा जनाइएको छ।

प्रकाशित मिति: : 2022-07-27 14:18:00

प्रतिकृया दिनुहोस्