नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा नेपाली काँग्रेस पार्टी कार्यलय सानेपामा असार ९ गते सोमबार केन्द्रीय कमिटिको बैठक बसेको छ। बैठकमा पदाधीकारी र सदस्यहरुले आ– आफ्नो धारणा राखे थिए।
नेपाली काँग्रेसले हालै भातृ संगठनको रुपमा मान्यता प्रदान गरे पश्चात नेपाली काँग्रेसका शीर्ष नेतृत्वहरु र केन्द्रीय कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पास गरेको छ। सोही अवसरमा संघले हालै अखिल नेपाल फुटवल संघको अध्यक्षमा केन्द्रीय सदस्य पंकज विक्रम नेम्वाङ्ग, वरिष्ठ उपाध्यक्षमा सचिव वीरबहादुर खड्का, सदस्यमा सचिव मनिष जोशी निर्वाचित भएकोमा बधाई तथा कार्यकालको शुभकामना समेत प्रदान गरेको छ।
नेपाल लोकतान्त्रिक खेलकुद संघले राष्ट्रिय खेलकुद परिषदभित्र भएका गतिवीधीलाई एक–एक गरी नियाल्ने र खेलाडी साथै कर्मचारी हरुको हक हितको लागि सदैव उनीहरुलाई साथ दिने र पार्टीलाई आउदो संघ र प्रदेशको निर्वाचनमा सहयोगी भूमिका खेल्दै एक बुथमा ५० जना नेपाल लोकतान्त्रिक खेलकुद संघका साथिहरु रहनेछ भनि उद्घोष भएको छ।
साथै यही भाद्र २४ गते वि.पी जयन्तीका दिन पार्टीको केन्द्रीय कार्यसमिति र नेपाल लोकतान्त्रिक खेलकुद संघका साथीहरुबीच मैत्रीपूर्ण फुटवल खेल खेल्ने निर्णय पनि गरेको छ।
९औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि समिति र उपसमितिहरु गठन गर्दा संघलाई व्यवास्ता गरेको, आफ्ना नजिकका संघ र ब्यक्तिहरुलाई जिम्मेवारी प्रदान गर्नुले ठुलै आर्थिक घोटाला हुन सक्ने तर्फ सचेत रहेको र गतिविधिलाई एकएक गरी निगरानी राख्न तिनै तहका समितिलिाई संघले निर्देशन गरेको छ।
यस्तै संघले ९औं राष्ट्रिय खेलकुदमा खेलाडीहरुको हक हितमा हुन सक्ने गलत क्रियाकलाप र अन्य गतिविधीलाई गम्मिर रुपमा लिनेछ। साथै खेलाडीहरुको हकहितका विरुद कुनै सम्झौता नगर्ने समेत संघका सचिव बखतबहादुर शाहिले बताउने भएको हो।