दिपेशको गोलमा नेपाललाई अग्रता

यु-२० साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा भइरहेको छ।

भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा पहिलो हाफको खेल सकिदा नेपालले १-० को अग्रता बनाएको हो।

४२औं मिनेटमा दिपेश गुरुङले गरेको गोलबाट नेपालले अग्रता लिएको थियो।आयुष घलानले हानेको डाइरेक्ट फ्री किकलाई माल्दिभ्सका गोलकिपर शाइहान अलीले पन्च गरेर बचाएका थिए तर, रिबाउन्डमा प्राप्त बललाई अभिषेकले करिब २५ यार्डबाट हानेको बल गोलमा परिणत भएको थियो।

नेपाल प्रतियोगितामा सुखद् सुरुवात गर्ने दाउमा छ।नेपाल माल्दिभ्सलाई पराजित गर्दै उपाधी दाबेदारी प्रस्तुत गर्ने लक्ष्यमा छ।
 

प्रकाशित मिति: : 2022-07-25 17:15:00

प्रतिकृया दिनुहोस्