अछाममा पहिरोले पुरिँदा एकैघरका तीन जनाको मृत्यु

अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ।

तुर्माखाँद गाउँपालिका–२ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो। अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र वुहारी हरिकला विष्टको घटनास्थलमै मृत्युु भएको हो।

नैना विष्ट गम्भीर घाइते भएको घटनास्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी दिएका छन्।

अहिले स्थानिय जनप्रतिनिधि, प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-07-25 08:07:00

प्रतिकृया दिनुहोस्