मनिषा आचार्यद्वारा लिखित उपन्यास ‘छोरी’ ८ गते लोकार्पण हुने

अखिल (क्रान्तिकारी) की नेत्री मनिषा आचार्यद्वारा लिखित उपन्यास छोरीको यही साउन ८ गते लोकार्पण हुने भएको छ।

अनेरास्ववियू (क्रान्तिकारी) को आयोजनामा हुने कार्यक्रममा नेकपा (माओवादी केन्द्र)की स्थायी समिति सदस्य तथा उर्जामन्त्री पम्फा भुसाल, पुर्व मन्त्री तथा नेकपा (एस) की सचिव रामकुमारी झाँक्री, अनेरास्ववियू (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहलगायतको सहभागिता रहने अखिल(क्रान्तिकारी)ले जनाएको छ।

पुस्तकमाथि सन्तोष परियारले प्रकाश पार्ने छन्। कार्यक्रम भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा दिउँसो २ बजे सुरु हुनेछ।

पाँचथर फिदिम स्थाई घर भएकी पुस्तककी लेखिका आचार्य अनेरास्ववियू (क्रान्तिकारी)को प्रदेश नं १ की उपाध्यक्ष हुन्।

छोरी उपन्यास लाईफ रिसर्च एण्ड पब्लिकेशन प्रा.लि ले बजारमा ल्याएको हो।

प्रकाशित मिति: : 2022-07-23 11:31:00

प्रतिकृया दिनुहोस्