के तपाई रिस उठ्छ? रिस उठ्नु सामान्य मानिन्छ, तर स साना कुराहरुमा रिस उठने बानी भने राम्रो होइन। के तपाईलाइ थाहा यस्ता कतिपय खानेकुराहरु छन् जसको सहयोगले रिस कम गर्न सकिन्छ।
१.सुन्तला
सुन्तलाले रिस कम गर्न मद्दत गर्दछ। यो सुन्दा अनौठो लागे पनि सुन्तलाले रिस नियन्त्रण गर्न मद्दत गर्दछ। यसमा भिटामिन सी, फाइबर र क्यारोटिनोइड्स जस्ता केही एन्टिअक्सिडेन्ट हुन्छन्, जसले डोपामाइनलाई बढाउँछ र मुड स्विङलाई नियन्त्रण गर्छ। यसका साथै यसले शरीरमा हाइड्रेसन गर्छ र यसको स्वादले रिस भुल्न मद्दत गर्छ।
२.हरियो सागसब्जी
हरियो सागसब्जी मस्तिष्क र विशेषगरी न्युरोन्सका लागि निकै फाइदाजनक हुन्छ। हरियो तरकारीमा एन्टिअक्सिडेन्ट उच्च हुने हुनाले त्यसले मुडलाई शान्त बनाउन मद्दत गर्छ। सागसब्जीमा पाइने पोषक तत्वले चिन्ता कम गर्न र मांसपेशीलाई आराम दिन्छ। त्यसैले जब रिस उठ्छ काँक्रो, मटर र हरियो सागपात खाने गर्नुहोस्।
३.ओमेगा–३ पाइने खानेकुरा
डिप्रेसनसँग लड्न फ्ल्याक्ससिड, चिया सिड र ओखरमा पाइने ओमेगा–३ फ्याटी एसिडको मात्रा बढाउनुपर्छ। बदाम, काजू र पास्ता जस्ता चीज खान सकिन्छ, जसले शरीरमा ओमेगा–३ फ्याटी एसिड बढाउँछ र रिस नियन्त्रण गर्न मद्दत गर्दछ।
४.नरिवल
नरिवलले ग्लुकोजको स्तर कम गर्छ, जसले गर्दा तनाव कम हुन्छ र दिमागमा शान्त प्रभाव हुन्छ। यसका साथै नरिवलको फाइबरले भोक कम गर्न पनि सहयोगी हुन्छ। यसको अतिरिक्त यसमा भएको म्याग्नेसियमले निद्रा बढाउँछ र दिमागलाई शान्त बनाउँछ।
५.भिटामिन ‘डी’युक्त खानेकुरा
आफ्नो भिटामिन ‘डी’को स्तर जाँच गर्नुपर्छ। यसको कमीले रिसलाई बढाउन सक्छ। भिटामिन डीको कमी पूरा गर्न माछा, अण्डाको पहेंलो भाग र च्याउ जस्ता खानेकुरा खान सकिन्छ। साथै, डाक्टरको सल्लाह अनुसार सप्लिमेन्ट पनि लिन सकिन्छ।