अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण

[Jonathan Ernst/Reuters]

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण पुष्टि भएको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार दुईपटक कोरोना खोप र बुस्टर डोजसमेत लगाएका राष्ट्रपति बाइडेनलाई कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ।

राष्ट्रपतिको निजि सचिवालयद्वारा जारी सूचनाका अनुसार राष्ट्रपति बाइडेन पूर्ण रुपमा 'आईसोलेसन'मा रहनेछन्।

स्वास्थ्य समस्या नदेखिएको भएतापनि उनी हाल एकान्तमा रही टेलिफोन र जुमद्वारा आफ्ना मातहतका कर्मचारीहरूको सम्पर्कमा रहने ह्वाईट हाउसले जनाएकाे छ। 

लगतै संसारभरका शीर्ष नेताहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

७९ वर्षीय राष्ट्रपति बाइडेन केहि दिनअघि आफ्नो गृहराज्य डेलाबरस्थित केप हेनलोपेन स्टेट पार्कमा साइकलबाट उत्रने क्रममा लडेका थिए। तर त्यो समय उनलाई कुनै चोटपटक लागेको थिएन।

प्रकाशित मिति: : 2022-07-22 05:52:00

प्रतिकृया दिनुहोस्