पत्रकारले दलालकाे चाकडी हाेइन, जनताकाे आवाज बाेल्नुपर्छ– विप्लव (भिडियाे)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली सञ्चार माध्यमहरू मानव जातिकाे हितविरूद्ध प्रयाेग हुने खतरा बढेकाे बताएका छन्। विप्लवले साेमबार सांस्कृतकि संस्थान (राष्ट्रिय नाचघरमा) जमलमा आयाेजित ‘जनपत्रिका डटकम’काे उद्घाटन समाराेहमा बाेल्दै सञ्चार माध्यमहरू पुँजीपतिहरू वरिपरि घुम्ने क्रम बढ्दाे अवस्थमा रहेकाे बताएका हुन्।

‘२०औँ शताब्दिकाे सबैभन्दा ठूलाे परिवर्तन मध्ये सूचना सञ्चार पनि हाे। जसले मानव जातिकाे हितकाे लागि काम गर्दै आएकाे थियाे,’ विप्लवले भने,‘तर, विकास सँगै यसमा नकारात्मक कुराहरू पनि भित्रिन थालेका छन्। जनताकाे हितमा बाेल्नुपर्ने सञ्चार जगत विस्तारै पुँजीपतिहरूले खाेसेर मालिककाे सेवा र जनतालाई दमन गर्न प्रयाेग गर्न थालिएकाे छ।’

धनाढ्यहरूले सञ्चार माध्यमलाई आफ्नाे फाइदाकाे लागि गर्नु गर्न खाेज्नु निक्कै दुखद कुरा भएकाे उनकाे भनाइ थियाे। केही तत्वले यसलाई लुटिखाने भाँडाे बनाए पनि केही सञ्चार माध्यमहरू भने मानव हितकाे लागि काम गरेकाे बताए। अन्य देशका मिडियाभन्दा नेपाली मिडियाहरू सही बाटाेमा रहेकाे बताएका थिए।

देशमा भइरहने विदेशीहरू हस्तक्षेपविरूद्धप्रति नेपाली मिडिया खेलेकाे भूमिका भने सन्ताेषजनक रहेकाे भन्दै विप्लवले खुसी प्रकट गरे। उनले आफ्नाे पार्टीले खाेलेकाे अनलाइन जनपत्रिकाले पनि देशकाे हितकाे लागि श्रमिक जनताकाे आवाज बाेल्ने बताए।

‘यस अनलाइनले क्रान्तिकारीका आवाजहरू जनताकाे घर–घरमा पुर्‍याउनेछ, विश्वका सबै श्रमिक वर्गलाई एक बनाउने काम गर्नेछ,’ विप्लवले भने।

त्यस्तै उनले सरकारले आफूसँग गरेका ३ बुँदे सम्झाैता कार्यन्वयन नगरेकामा आपत्ति जनाएका छन्। प्रतिबन्धका क्रममा जेलमा पुगेका कार्यकर्ताहरूलाई तत्काल छाेडिनुपर्ने उनकाे माग थियाे।

यसअघि राताेखबर डटकम अनलाइन चलाउँदै आएकाे साे पार्टीले पार्टी फुटेपछि उक्त अनलाइन पनि अर्काे समूहले लगेकाेले जनपत्रिका सञ्चालनमा ल्याएकाे हाे। जसकाे अध्यक्ष नेकपाका प्रवक्ता खड्क विश्वकर्मा ‘प्रकाण्ड’ रहेका छन्।

प्रकाशित मिति: : 2022-07-18 16:54:00

प्रतिकृया दिनुहोस्