‘को को गुरील्ला’को अनौठो चर्तिकलाले सबैलाई चकित बनायो

Breaknlinks
Breaknlinks

धेरै जसो मानिसहरु आफ्नो पाल्तु जनावरसँग कुरा गरिरहन्छन्। मानिसहरुले आ-आफ्नो साेखअनुसार आफूलाई मनपर्ने जनावर पाल्ने गरेका हुन्छन्। चाहे रिसले कराओस् या मायाले सुम्सुमाओस्, उनीहरुले प्रतिक्रिया दिन्छन्।

जनावरहरुले मानिसको भाषा बुझ्छन् कि बुझ्दैनन् भनेर गरिएको सर्वेमा आधा मानिसले आफ्ना पाल्तु जनावरसँग गरेकाे कुरा बुझ्ने बताए। तर के जनावरहरु साच्चै मानिसको भाषा बुझ्छन् त?

एक अध्ययनका अनुसार विश्वका ६२ प्रतिशत मानिस जनावरले आफ्ना मालिकका कुराहरु मान्ने विश्वास गर्छन्।

जसअनुसार पहिलो नम्बरमा छ– बेलुगा ह्वेल, सन्१९९४ मा अमेरिकाको क्यालिफोर्नियामा भएको यस्तै एउटा घटनाले सबैलाई अचम्मित बनायो। जब म्युजियममा पानीको ट्यांक्कीमा राखिएको ह्वेलले ट्यांकी सफा गर्न गएको मानिसलाई ‘गेट आउट, गेट आउट’ भन्यो। उक्त ह्वेल मानिस जस्तै कोही बर्बराउँदै, कराउँदै थियो र अन्तिममा रिसाएर ‘गेट आउट’ भनिरहेको थियो। ह्वेलको उक्त भनाइले यो बताउँथ्याे कि बेलुगा ह्वेलले मानिससँग धेरै समय बिताएको थियो।

अर्काे नम्बरमा रहेको छ- ‘ह्यान्स घोडा’, जसले आफ्नो कलाले सबैलाई दङ्ग बनाएको थियो। वैज्ञानिकहरुका अनुसार घोडा सबैभन्दा बुद्दिमानी जनावरहरुमा पर्दछ। जर्मनीको ‘ह्यान्स’ घोडा, जसले आफ्नो मालिकले दिएकाे गणितीय अंकको जोड तथा घटाउ गरेर सबैलाई अचम्मित बनाएको थियो।

ह्यान्सका मालिक, जसले आफ्नो घोडालाई प्रश्नको उत्तर दिँदा अगाडिका खुट्टा बजाएर सिकाए। घोडाले त्यसैअनुसार आफ्ना मालिकले सिकाएका कुराहरु सिक्दै गयो। अच्चमको कुरा त के छ भने जनावरहरुले आफ्ना मालिकका कुराहरु मान्छन् तर ‘ह्यान्स’ घोडाले अरु मानिसले सोधेका गणितीय अकंहरुको पनि सही उत्तर दिने गर्दथ्याे।

यसैगरी तेस्रो नम्बरमा रहेको छ- ‘रिको कुकुर’। याे कुकुर पनि एउटा यस्तो जनावर हो, जसले मानिसको २०० भन्दा बढी भाषा बुझ्न सक्थ्याे। रिको यति धेरै चलाख थियो कि उसलाई खेलाैनाले भरिएको कोठामा राखेर कुनै एउटा खेलाैनाको नाम भनेर माग्दा उसले त्यही खेलाैना बोकेर आउने गर्दथ्याे। रिकोको चलाखपूर्ण व्यवहार देखेर उसको परीक्षा पनि भएको थियो, जसमा रिको पास भएको थियो।

चार नम्बरमा रहेको छ– ‘को को गुरील्ला’। अमेरिकामा रहेको ‘को को गुरील्ला’ अङ्ग्रेजी भाषाको दुई हजारभन्दा बढी शब्द तथा इशारा बुझ्न सक्थ्याे। जसको बारेमा धेरै वैज्ञानिकहरुले खोज गरे र किताबसमेत छापे। ‘को को’ आफूले जानेका कुराहरु आफूमा मात्र सिमित नभइ अरुलाई पनि सिकाउन खोज्थ्याे। जब बच्चाहरु खोलिरहेका हुन्थे, ‘को को’ पनि आफ्नो मालिकलाई आफ्नो बच्चा खोइ! भन्ने गर्दथ्याे। ‘को को’ काे यही प्रश्नले सबैलाई अचम्ममा पारेको थियो।

प्रकाशित मिति: : 2022-07-14 17:01:00

प्रतिकृया दिनुहोस्