केपी ओली र गभर्नर अधिकारी ‘बा र छोरा’ रहेछन्: सांसद महत (भिडियाेसहित)

प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच नाता–सम्बन्ध रहेकाे बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा मनोरञ्जनात्मक अभिव्यक्ति दिँदै उनले भने, ‘यी दुई जनाबीच नाता पर्छ कि जस्तो लाग्या थियो, मलाई। नभन्दै यिनी बा र छोरा रहेछन्।’

सांसद मतहले गभर्नर महाप्रसाद अधिकारी एमाले अध्यक्ष ओलीका हनुमान भएको पनि गम्भीर आरोप लगाएका छन्।

‘एकजना बार्दलीबाट यो देशलाई श्रीलंका बनाइदिउँ भन्दै थिए। एकजना ढुकुटीमाथि बसेर म पनि यो देशलाई श्रीलंका बनाइदिउँ भन्दै थिए,’ सांसद महतले भने।

गभर्नर अधिकारीलाई सरकारले बाँधेर राख्नुपर्ने उनले बताएका छन्। ‘बार्दलीका हनुमानजस्तो पनि लाग्थ्यो। नभन्दै हनुमान पनि रहेछन्। द्वापर युगमा यीनीले श्रीलंका जलाएका थिए। अहिले पनि श्रीलंका जलिराख्या छ। सरकारले बाँधेर राख्नुपर्छ। नत्र नेपाल जलाउँछन्,’ सांसद महतले भने।

प्रकाशित मिति: : 2022-07-13 12:10:00

प्रतिकृया दिनुहोस्