पुँजी बजारमा सामान्य सुधार

File photo
File photo

पुँजी बजारमा सामान्य सुधार देखिएको छ। यस दिन नेप्से ११.६८ अंकले बढेर १९२७.२८ विन्दुमा आएको छ। तीन दिन लगातार दबाब खेपेको बजारले मंगलबार भने सकारात्मक संकेत दिएको हो। 
 
विगत ११ महिनादेखि समग्रमा बजार डाउन ट्रेन्डमा छ। करिब ३२ सय हाराहारीमा पुगेपछि बजारले ओरालो यात्रा समाएको हो। यसबीचमा नेप्से कहिलेकाहीँ बढे पनि औसतमा तलै झर्ने प्रवृत्तिमा देखियो। बजारले करिब १८ खर्ब रुपैयाँ बजार पुँजीकरण गुमायो। सेयर भाउहरू ७०५ सम्म घट्यो। ५२ साताको औसत मूल्यभन्दा पनि भाउ तल आइसकेको छ। 

यतिबेला सेयर बजार मौद्रिक नीतिको पर्खाइमा छ। नयाँ नीतिबाट सेयर धितो कर्जामा ४–१२ करोडको सीमा हटेमा बजारले गति लिन सक्ने अनुमान गरिएको छ। यस्तै, बजारको दिगो सुधारका लागि वित्तीय प्रणालीमा पर्याप्त तरलता र ब्याजदर सस्तो हुनुपर्छ।

प्रकाशित मिति: : 2022-07-12 16:47:00

प्रतिकृया दिनुहोस्