मकवानपुरको बकैया गाउँपालिकाका स्थानीयहरू आजभोलि रोपाइँमा व्यस्त छन्।
हावापानीअनुसार वर्षमा तीनपटक बाली लगाउँछन्, उनीहरू। अहिले भने वर्षाको समयमा धान रोपाइँका लागि खेतमा छ्न्, किसान।
रोपाइँमा स–साना बालबालिकादेखि रोपाहा, बाउसेसम्म खेतमै खटिएका छन्। उनीहरूले मध्य–असारबाट राेपाइँ थालेका छन्। किसानहरू खेतमै छन्, रोपाइँ सिजन जारी छ।
रोपाइँमा रमाइरहेका स्थानीयहरूकाे दृश्य पनि रोचक छ। मानो छरेर मुरी उब्जाउने लक्ष्यका साथ अगाडि बढिरहेका छन्, कृषक।
उनीहरू वर्षभरि काम त गर्छन् तर उत्पादन भएकाे अन्नले परिवार धान्नै मुस्किल पर्छ। राेपाइँ सकिएपछि ज्याला–मजदुरी नगरी सुखै छैन। उनीहरूका लागि जीवीकोपार्जन गर्ने अर्काे माध्यक बनेकाे छ– मजदुरी।
तीन तहका सरकारले कृषि क्षेत्रलाई महत्त्व दिएपनि यहाँका कृषकहरू आधुनिक कृषितर्फ अगाडि बढ्न सकेका छैनन्। कृषि औजारको अभाव, मल, बिउको अभावले गर्दा उनीहरू परम्परागत कृषि प्रणालीमै सीमित छ्न्।
आर्थिक अभावले गर्दा उनीहरू कृषि औजार किन्न सक्ने अवस्था नरहेको बताउँछन्।
सरकारले दिएको अनुदान जान्नेमान्नेकाे पञ्जामा पर्ने गरेकाे उनीहरूकाे दुःखेकाे छ। सरकारले हेप्दा परम्परागत कृषि गर्न बाध्य रहेको बताउँछ्न्, स्थानीय।
नेपाललाई कृषिप्रधान देश भनिएपनि उत्पादनमा कमजाेर छाैँ। कृषिमा मात्रै निर्भर रहेका कृषकलाई वर्षभरी दुई छाक टार्न धाै–धाै छ।
बजेटमा हरेक वर्ष कृषि क्षेत्र र कृषकलाई प्राथमिकताकाे नारा दिएपनि समस्या ज्यूँकात्यूँ छ। कृषि कार्यक्रमहरू प्रभावकारी रूपमा कृषकसम्म पुग्न सकेका छैनन्।
कृषि गरेरै जीवन धानिरहेका बकैयावासीलाई थप आधुनिकतातर्फ लैजान जरुरी छ। भिडियो रिपाेर्ट–