वर्षा सुरु भएसँगै दाङमा करिब दुई लाख बिरुवा रोपिएको छ।
जिल्लाका कबिर २ सय हेक्टर खाली जमिनमा २ लाख बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङका अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिए।संरक्षणमुखी बृक्षरोपण कार्यक्रम नै शुरु गरेर करिब २ लाख बिरुवा रोपिएको उनको भनाई छ।
वर्षेनी बिरुवा लगाइने तर हर्काउन चुनौति बढ्दै गएपछि यस वर्षबाट संरक्षणमुख बृक्षरोपण कार्यक्रम थालिएको श्रेष्ठले बताए।संरक्षमुखी कार्यक्रम अनुसार अतिक्रमित वन क्षेत्र खाली गरेर बिरुवा रोपिएको हो।
जसअनुसार घोराहीको मघै, रामपुरको चरिङ्गेदह, तलसीपुरको कटकुइया, भ्यूडर, सुनपुर र बबई गाउँपालिकामा गरी ९ हेक्टर वनमा ताराबार सहितको बृक्षरोपण गरिएको छ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीका अनुसार तुलसीपुरको मोतीपुर, दंगीशरणको सिमठाना र महालक्ष्मी, घोराही–१० नारायणपुरको सरजुगंगा र बबइ नदी, अम्विकेश्वरीको क्वाडी र शान्ति सामुदायिक वन क्षेत्रको करिब २० हेक्टर नदीले कटान गरेको क्षेत्रलाई तारबार गरी बृक्षरोण गरिएको छ।
डिभिजन वन कार्यालयले एक पालिका एक कृषि अबको अवधारणा अनुसार स्थानीय किसानहरुलाई सहभागी गराई दाङको घोराही र तलसीपुर उपमहानगरपालिका, बंगलाचुली, शान्तिनगर र दंगीशरण गाउँपालिका गरी ५ वटा पालिकाका १० हेक्टरका दरले ५० हेक्टरमा कृषि वन बनाउने काम गरेको छ।